धनगढी उपमहानगरको १४ नम्बर वडा 'सिल'
<p style="text-align: justify;">कैलाली। धनगढी उपमहानगरपालिकाको १४ नम्बर वडा कार्यालय 'सिल' गरिएको छ। </p>
<p style="text-align: justify;">त्यहाँ कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय 'सिल' गरिएको वडाध्यक्ष रामबजारी चौधरीले जानकारी दिए। </p>
<p style="text-align: justify;">वडाले ३ असोजसम्म कार्यालयको सबै सेवा बन्द गरेको छ। </p>
<p style="text-align: justify;">शुक्रबार सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणको क्रममा वडा कार्यालयमा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्‍टि भएको थियो। </p>
प्रतिक्रिया दिनुहोस्
