भारतमा एकैदिन एक हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं। कोभिड-१९ बाट धेरै प्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा एकैदिन एक हजार संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५४ जनाको मृत्यु भएको हो।

भारतमा हालसम्म ८० हजार ८०८ संक्रमितको मृत्यु भइसकेको छ।

त्यहाँ सक्रिय संक्रमितको संख्या ९ लाख ८९ हजार ८६० छ।

३८ लाख ५६ हजार २४६ जना संक्रमणमुक्त भई घर फर्किएका छन्।

वर्ल्डाेमिटरका अनुसार भारतमा कुल ४९ लाख २६ हजार ९१४ जना संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ८१ हजार ९११ संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्