विश्वमा कोभिड-१९ : एकैदिन थपिए दुई लाख ४० हजार संक्रमित
काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ९४ लाख ३३ हजार ४६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ४४२ जना संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड १२ लाख ६४ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७२ लाख ३६ हजार ९० छ।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ३२ हजार ३९० पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप चार हजार ३२० जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्