भारतमा एकैदिन थपिए ९३ हजार कोरोना संक्रमित
काठमाडौं। कोभिड-१९ बाट धेरै प्रभावित देशमध्ये भारत विश्वकै दोस्रो स्थानमा छ।

दोस्रो नम्बरमा रहेको ब्राजिललाई उछिन्दै भारत दोस्रो नम्बरमा उक्लिएको हो।

पहिलो नम्बरमा भने अमेरिका रहेको छ। त्यहाँ ६७ लाख आठ हजार ३४७ संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ३१ हजार ७४६ जना संक्रमित थपिएका हुन्।

भारतमा ४८ लाख ४५ हजार तीनजना संक्रमित छन्। नयाँ संक्रमित थपिने दर भने भारतमा निकै बढी छ।

वर्ल्डाेमिटरका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ९३ हजार २१५ जना संक्रमित थपिएको छ।

भारतमा हालसम्म ७९ हजार ७५४ जनाको मृत्यु भएको छ।

वर्ल्डाेमिटरका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १४० जनाको मृत्यु भएको छ।

यो भनेको अन्य देशको तुलनामा सबैभन्दा धेरै हो। जबकि धेरै प्रभावित हुने देश अमेरिकामा पछिल्लो २४ घण्टामा ३६२ मृत्यु भएको छ भने ब्राजिलमा ३८९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा ४३ लाख ३० हजार ४५५ संक्रमित छन्। पछिल्लो २४ घण्टामा १४ हजार ५९७ नयाँ संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्