गत २४ घण्टाको कोरोना विवरण: संक्रमितसँगै मृतकको संख्या पनि घट्यो

काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ।

हिजोको तुलनामा संक्रमितसँगै मृतकको संख्या पनि घटेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९७ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ४८३ जनामा, ललितपुरमा ३३ जनामा र भक्तपुरमा ८१ जनामा सङ्क्रमण देखिएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको गत २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण

प्रतिक्रिया दिनुहोस्