१ हजार ३९ कोरोना संक्रमित थपिए

काठमाडाैं। गत २४ घण्टामा देशभर १ हजार ३९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार १६५ पीसीआर परीक्षणमध्ये ८ हजार १२६ जनाको नतिजा भने नेगेटिभ आएको हो।

हालसम्म कूल पीसीआर परीक्षण संख्या ८ लाख ४ हजार ५२७ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमित संख्या १५ हजार ७३० छ।

क्वारेन्टिनमा रहेकाको संख्या ६ हजार ५३६ पुगेको छ।

हालसम्म नेपालमा ५४ हजार १५९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्