काभ्रेपलाञ्चोक। यहाँका कूल कोरोना संक्रमितमध्ये हालसम्म ५२ प्रतिशत संक्रमणमुक्त भइसकेका छन्। काभ्रेमा गत २ असारयता ३७९ जना संक्रमित फेला परेका थिए। त्यसमध्ये १९६ जना संक्रमणमुक्त भएका हुन् ।
उनीहरू १२१ पुरुष र ७५ महिला रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ।
काभ्रेमा कोभिड-१९ बाट एक/एकजना पुरुष र महिलाको मृत्यु भएको छ। “जिल्लाका कूल संक्रमितमध्ये ५२ प्रतिशत निको भएर घर फर्किएका छन्, हामी कोरोना संक्रमणलाई नियन्त्रण गर्दै संक्रमितको उपचारमा दत्तचित्त छौँ, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले भने।
काभ्रेमा हाल सक्रिय संक्रमितको संख्या १८२ छ। संक्रमितमध्ये १४२ अस्पताल आइसोलेसन र ४० होम आइसोलेसनमा छन्। होम आइसोलेसनमा बस्नेलाई नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा पुर्याइरहेको झाले बताए।
यहाँका सात स्थानीय तह हाल कोरोनामुक्त छन्। १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् ।
सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी ५१ दशमलव ९ प्रतिशत संक्रमित बनेपा नगरमा छन् । बनेपाका संक्रमितमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या दोब्बर छ। सबैभन्दा कम नमोबुद्ध नगर र भुम्लु गाउँपालिकमा दुई/दुईजना छन्। पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये बनेपामा ९३, धुलिखेल नगरमा ५०, पनौतीमा चार र पाँचखालमा १० छन्। रासस
" /> काभ्रेपलाञ्चोक। यहाँका कूल कोरोना संक्रमितमध्ये हालसम्म ५२ प्रतिशत संक्रमणमुक्त भइसकेका छन्। काभ्रेमा गत २ असारयता ३७९ जना संक्रमित फेला परेका थिए। त्यसमध्ये १९६ जना संक्रमणमुक्त भएका हुन् ।उनीहरू १२१ पुरुष र ७५ महिला रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ।

">