झिमरुक। प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ।
जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सीएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए।
संक्रमण थप फैलिन नदिन तथा ती स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूको थ्रोट स्वाब संकलन गरी पठाइने बताइएको छ।
हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगाशाला भैरहवामा परीक्षणका क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको हो। रासस
" /> झिमरुक। प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ।जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सीएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए।

">