अक्सफाेर्डले कोरोना भ्याक्सिनको ट्रायल पुनः सुरु गर्ने

काठमाडाैं। अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले बनाइरहेको कोभिड-१९ भ्याक्सिनको ट्रायल (परीक्षण) पुनः सुरु गरिने भएको छ।

यसअघि बेलायतमा एक बिरामीमा यो भ्याक्सिन परीक्षण गर्दा ‘साइड इफेक्ट’ भएपछि परीक्षण स्थगित गरिएको थियो।

परीक्षण रोकेर गत शुक्रबार भ्याक्सिनले के कारण साइड इफेक्ट गर्‍याे भन्नेबारे जाँच गरिएको एस्ट्राजेनेकाले जनाएको छ।

जाँच गरेपछि युनिभर्सिटीले शनिबार भ्याक्सिनको परीक्षण जारी राख्नुपर्ने जनाएको थियो। स्वास्थ्य सचिव मैट हैनकाकले परीक्षण पुनः सुरु गर्न लागेको खबरको स्वागत गरेका छन्।

“परीक्षण रोक्ने निर्णयले हामीले सुरक्षालाई कति प्राथमिकता दिएका छौं भन्ने देखाउँछ। सुरक्षा सुनिश्चित गरेर हाम्रा वैज्ञानिकले छिट्टै प्रभावकारी भ्याक्सिनमा काम सुरु गर्नेछन्,” हैनकाकले भने।

भ्याक्सिन परीक्षण गर्दा केहीको स्वास्थ्य अवस्था बिग्रन सक्ने सम्भावनाको पहिल्यै अनुमान गरिएको युनिभर्सिटीले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले विश्वमा अहिले कोरोनाका १८० भ्याक्सिनको परीक्षण चलिरहेको छ तर कुनैको पनि पूरा परीक्षण हुन पाएको छैन। बीबीसी

प्रतिक्रिया दिनुहोस्