काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरोना भाइरस संक्रमणबाट विदेशमा पछिल्लो साता थप ४३ जना नेपालीको मृत्यु भएको जनाएको छ।
गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासलाई उद्धृत गर्दै संघले जनाएको छ।
यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ५२ पुगेको छ।
गत साता कतारमा थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यो सँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ।
समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरूले ज्यान गुमाएका छन्।
यस्तै, नेपालमा मात्र ५३ हजार १२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ३७ हजार ५०० जना कोरोनामुक्त भएका छन्, जुन कूल संक्रमितको ७०.६ प्रतिशत हो।
हालसम्म नेपालमा ३३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको छ।
यस्तै विश्वभर ९० हजार ७६७ जना नेपालीमा संक्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन्।
" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरोना भाइरस संक्रमणबाट विदेशमा पछिल्लो साता थप ४३ जना नेपालीको मृत्यु भएको जनाएको छ।गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासलाई उद्धृत गर्दै संघले जनाएको छ।

">