बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो <p>काठमाडौं।&nbsp;बंगलादेशले कोभिड-१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ।</p> <p>नेपाली सेनाको स्काई ट्रक मार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।</p> <p>सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।</p> <p>रासस</p>
प्रतिक्रिया दिनुहोस्