गत २४ घण्टामा ८५२ जना कोरोना मुक्त <p>काठमाडौं। गत २४ घण्टामा देशभरबाट ८५२ जना कोरोना संक्रमित पूर्ण रूपमा निको भएर घर फर्किएका छन्।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।</p> <p>अहिले देशभर १५ हजार २६० जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् भने हालसम्म ३३६ जनाको मृत्यु भइसकेको छ।&nbsp;</p> <p>पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट १४ जनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्