गत २४ घण्टाको कोरोना विवरण: नयाँ संक्रमित घट्दा मृतकको संख्या बढ्यो

काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ।

हिजोको तुलनामा संक्रमित घटे पनि मृतकको संख्या बढेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ३७७ जनामा, ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा सङ्क्रमण देखिएको छ।

योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या ११ हजार १३९ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको गत २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण

प्रतिक्रिया दिनुहोस्