गण्डकी प्रदेश : काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २३ पुग्याे
पाेखरा। पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए।

सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।

प्रदेशमा दुई हजार ८२० सङ्क्रमित भएकामा एक हजार ८४९ निको भएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्