१ हजार ४५४ कोरोना संक्रमित थपिए

काठमाडाैं। गत २४ घण्टामा देशभर १ हजार ४५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ७०१ पीसीआर परीक्षणमध्ये १ हजार ४५४ जनाको नतिजा पोजिटिभ आएको हो।

हालसम्म कूल पीसीआर परीक्षण संख्या ८ लाख २१ हजरा १८६ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमित संख्या १४ हजार ९२५ छ। जसमध्ये ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ जना होम आइसोलेसनमा छन्।

त्यस्तै क्वारेन्टिनमा रहेकाको संख्या ६ हजार ७८ पुगेको छ।

हालसम्म नेपालमा ५१ हजार ९१९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्