चितवन। पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धाको मृत्युपछि कोभिड-१९ पुष्टि भएको छ।
दमको समस्याले यही २३ भदौमा अस्पतालमा भर्ना भएकी रत्ननगर नगरपालिका- २ की ७८ वर्षीया ती वृद्धाको २४ भदौ अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो।
मृत्युपछि थ्रोट स्वाब नमूना जाँच गरिउको र आज बिहान आएको नतिजामा ती वृद्धमा कोभिड-१९ देखिएको अस्पतालले जनाएको छ। यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ। एक वृद्धाको घरमा नै मृत्यु भएको थियो ।
चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का तीन तथा बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। रासस
" /> चितवन। पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धाको मृत्युपछि कोभिड-१९ पुष्टि भएको छ।दमको समस्याले यही २३ भदौमा अस्पतालमा भर्ना भएकी रत्ननगर नगरपालिका- २ की ७८ वर्षीया ती वृद्धाको २४ भदौ अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो।

">