औषधि नहुँदा उपचारमै सकस
<p>जाजरकोट। जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ। प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थादेखि मूख्य स्वास्थ्य संस्थामा समेत औषधि सकिएपछि बिरामीको उपचारमा समस्या भएको छ।</p>
<p>भाडामा रहेका स्वास्थ्य संस्थाको सम्झौता नभएका कारण दैनिक कामसमेत गर्न मुस्किल भएको स्वास्थ्य शाखाका प्रमुख प्रेम शाहीले बताए। </p>
<p>औषधि नहुँदा दैनिक उपचारका लागि आउने बिरामी समस्यामा परेको उनले जानकारी दिए। गर्खाकोट स्वास्थ्य चौकीमा पनि औषधि सकिएपछि उपचारका लागि जाने बिरामी खाली हात फर्कने गरेको गर्खाकोटका गोपाल गिरीले बताए। नयाँ बजेटको अख्तियारी प्राप्त नभएकाले औषधि खरिद गर्न नसकिएको शाहीले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
