काठमाडौं। प्लाज्माथेरापी विधिबाट कोरोना संक्रमितहरूको उपचारको लागि नेपाल रेडक्रस सोसाइटीले रगत संकलन शुरू गरेको छ।
केन्द्रीय रक्तसञ्चार सेवालगायत सात स्थानमा रक्तसंकलन कार्य शुरू गरिएको हो। केन्द्रीय कार्यालयमा ३९ वर्षका खिमवहादुर रानाभाटले पहिलो पटक रक्तदान गरेर यसको शुरूआत समेत गरेका छन्।
तनहुँ घर भई हाल काठमाडौं बस्दै आएका संक्रमणमुक्त रानाभाटले अरुलाई पनि रक्तदानका लागि अनुरोध गर्दै भने, “मैले पहिले कहिल्यै रक्तदान गरेको थिइन। मेरो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएर रक्तदान गर्न आएको हुँ।”
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुरोध बमोजिम विभिन्न संस्थाहरूसँगको सहकार्यमा नेपाल रेडक्रसले यो अभियान शुरू गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताइन्।
नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोशिएशनबीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता समेत भएको छ। रे
डक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिमिल्सिना र मेडिकल एशोसिएशन अध्यक्ष डाक्टर लोचन कार्कीले दाताहरूको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।
काठमाण्डौं बाहिर पनि रक्तसंकलन
स्थानीय अस्पतालसँगको सहकार्यमा नेपाल रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्माथेरापीको लागि रक्तसंकलन शुरू गरिसकेका छन् । धनुषा र पोखरामा पनि सेवा छिट्टै थालिने निर्देशक पौडेलले जानकारी दिए।
" /> काठमाडौं। प्लाज्माथेरापी विधिबाट कोरोना संक्रमितहरूको उपचारको लागि नेपाल रेडक्रस सोसाइटीले रगत संकलन शुरू गरेको छ।केन्द्रीय रक्तसञ्चार सेवालगायत सात स्थानमा रक्तसंकलन कार्य शुरू गरिएको हो। केन्द्रीय कार्यालयमा ३९ वर्षका खिमवहादुर रानाभाटले पहिलो पटक रक्तदान गरेर यसको शुरूआत समेत गरेका छन्।

">