कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले प्रतीक्षालयबाट ओपिडी सेवा दिन थालेको छ।
जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाहिरको प्रतीक्षालयबाट सेवा शुरू गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल गौतमले बताए।
बिहान १० बजेदेखि चार बजेसम्म अस्पतालबाहिरकै प्रतीक्षालयबाट सेवा दिइने उनले बताए। जिल्ला अस्पतालमा आउने बिरामीले उपचार नपाएर फर्किन नपरोस् र कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर यसरी सेवा दिन थालिएको अस्पतालले जनाएको छ। रासस
" /> कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले प्रतीक्षालयबाट ओपिडी सेवा दिन थालेको छ।जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाहिरको प्रतीक्षालयबाट सेवा शुरू गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल गौतमले बताए।

">