हामीले अहिलेसम्म के देखेका छौं भने, नेपालमा प्रत्येक वर्ष करिब ६ हजार जनाले आत्महत्या गर्छन्। अर्थात प्रत्येक दिन सरदर १६ जनाले आत्महत्या गर्छन्। तर, यो वर्ष गत पाँच महिनाको बीचमा आत्महत्याको दर करिब २० प्रतिशत बढेको देखिन्छ।
अहिले दैनिक लगभग २० जना व्यक्तिले आत्महत्या गरीरहेका छन्। आत्महत्या गर्नेमा मुख्यत: ८५ प्रतिशत कारण भनेको मानसिक रोग हुने गरेको हामीले पाएका छौं। मानसिक रोगमा १५ प्रतिशत डिप्रेशन भएका व्यक्तिले आत्महत्या गर्न सक्छन्।
त्यस्तै १५ प्रतिशत लागू पदार्थ दुर्व्यसनीले आत्महत्या गर्ने सम्भावना हुन्छ। त्यसैगरी पागलपन भएका १० प्रतिशतले आत्महत्या गर्ने सम्भावना देखिन्छ।
तर, अहिले महिलाहरूमा विशेषत: घरेलु हिंसाको कारणले आत्महत्या गर्ने गरेको पाएका छौं। सामाजिक, समुदाय, साथीाभाइहरूको सम्बन्ध तथा कतिपय अवस्थामा पारिवारिक कारणले पनि आत्महत्या गर्ने गरेका छन्।
पारिवारिक कारणले हुने आत्महत्या हाम्रो देशमा बढ्दो अवस्थामा छ। यसकासाथै मानिसले व्यक्तिगत कारणले पनि आत्महत्या गर्छन्। नेपालमा उमेर समूहमा हेर्दा २५ देखि ४० वर्षसम्मको उमेरका मानिसहरु आत्महत्या गर्ने धेरै हुन्छन्। त्यसमा पनि महिलाहरुको संख्या धेरै छ। र, महिलामा पनि एकल महिलाहरु धेरै छन्।
शिक्षित व्यक्तिले नै बढी आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। यसको अर्थ पढेलेखेका व्यक्तिले नै आत्महत्या बढी गर्ने सम्भावना हुन्छ।
विशेषगरी हामीले यसमा ध्यानदिनु पर्ने कुरा के हो भने, आत्महत्या गर्ने कुनै पनि व्यक्तिले सुरुमा केही न केही लक्षणहरु देखाउँछ। ती लक्षणलाई परिवार, समाज तथा साथीभाईले पत्ता लगाउन सक्यो, देखिएका लक्षणलाई गम्भीरतापूर्व लिएर हेरिदिएको खण्डमा आत्महत्याको संख्या घटाउन सकिन्छ।
यसरी देखिने लक्षणहरुमा पूर्व योजना पनि एक हो। आत्महत्या गर्ने मानिसको पूर्व योजना हुन्छ। कतिपयले कसरी आत्महत्या गर्ने ? कहिले गर्ने ? कुन विधिबाट गर्ने भन्ने योजना बनाएका हुन्छन्।
त्यस्तै आत्महत्याको बारेमा बढी सोचहरु आउने पनि एउटा लक्षण हो। एक्लै बस्ने, कम बोल्ने, धेरै घुलमिल नगर्ने, मर्ने तरिकाको बारेमा सोच्ने, आत्महत्याका लागि आवश्यक पर्ने कुराहरु किनेर खोजेर लुकाएर राख्ने गतिविधिहरु देखिन्छन्।
कतिपयले भने नकरात्मक लेखहरु लेख्ने गरेको पनि पाइन्छ। उनीहरुको लेखनमा नकारात्मकता झल्किन्छ। केही हदसम्म उपचारको क्रममा पनि 'कुनै कुरा मबाट हुँदैन र म गर्न सक्दिन' भन्ने कुराबाट ग्रसित हुने गरेको पाइन्छ।
यदि हामीले यसरी आत्महत्या गर्न लागेका मानिसलाई पहिचान गर्न, चिन्न सक्यौं भने पहिले नै कुनै काउन्सेलिङ वा कुनै उपचारको माध्यमबाट रोक्न सक्यौं भने आत्महत्यालाई कम गर्न सक्छौं।
उपचार छ कि छैन ?
आत्महत्यामा धेरै जसो मानसिक कारणबाट हुनेहुँदा ८० प्रतिशत आत्महत्यामा हामी उपचार गरेर निको पार्न सक्ने अवस्था छ। हामी प्राय दुई खालका उपचार पद्धति अपनाउन सक्छौं।
एउटा हो साइको थेरापी अर्थात् काउन्सेलिङ। काउन्सेलिङले चाहिँ समस्याबाट ग्रसित व्यक्तिलाई चिन्ता नगर्नु, पीर नगर्नु भनेर भन्यौं भने त्यो एउटा अफवाह जस्तो मात्रै हुन्छ। चिन्ता-पीर नगर्ने त उसलाई पनि थाहा हुन्छ।
तर, त्यो कुरालाई हामी कसरी सहयोग गर्न सक्छौँ त भन्ने कुरामा जानुपरयो। त्यो व्यक्तिलाई समाजमा घुलमिल गर्ने, गफ गर्ने, समस्या तथा कुराकानी साटासाट गर्ने, उसको मनका कुरालाई बाहिर ल्याउन कोसिस गर्यौं भने पक्कै पनि केही न केही फाइदा हुन्छ। र, त्यो कुरा बाहिर ल्याउन चाहिँ गाह्रो छ।
उनीहरु भन्न मान्दैनन्। तर, हामीले कोशिस जारी राख्नुपर्छ। त्यो गर्न सक्दा केही हदसम्म आत्महत्या कम गर्न सहयोग पुग्छ।
अर्को हो केमो थेरापी।
केमो थेरापी जसलाई हामी औषधिको माध्यमबाट गरिने उपचारको रूपमा पनि हेर्न सक्छौं। औषधि र साइको थेरापी दुवैसँगै लान सकियो भने त्यस्ता व्यक्तिलाई हामीले आत्महत्याबाट जोगाउन सक्छौं। अर्को कुरा यसमा व्यायामको पनि महत्त्व हुन्छ। नियमित व्यायाम तथा योगा, सास फेर्ने अभ्यास तथा तरिका र मुख्यत: मेडिटेसन गराउन र डाइटमा परिवर्तन गर्न सकियो भने उपचार अझ प्रभावकारी हुन्छ।
हामीले आत्महत्या गर्नेहरुको डाइटिङ ह्याबिट राम्रो नहुने गरेको पाएका छौं। उनीहरुले खानका लागि उचित समयको पनि ख्याल गर्दैनन्। समयमा खाने र सुत्ने कुरा विल्कुलै अस्तव्यस्त हुन्छ। त्यसलाई व्यवस्थित गर्न सकियो भने पनि यसबाट मानिसलाई बाहिर निकाल्न सकिन्छ। यसका बाबजुद समस्याको समाधान भएन भने साइकोलोजिस्ट (काउन्सेलर) तथा मनोरोग विशेषज्ञहरुको सहयोग लिनुपर्छ। यस्ता विशेषज्ञसँग काउन्सेलिङ गर्न सकियो र उपचार पद्धतिमा जान सकियो भने आत्महत्यालाई हामी पक्कै पनि रोक्न सक्छौं।
(डा.पोखरेल मानसिक रोग विशेषज्ञ हुन्। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत छन्। स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित प्रेस व्रिफिङका क्रममा दिएको जानकारीलाई देखापढीले संक्षेपमा लिपिबद्ध गरेको हो।)
" />

">