गत २४ घण्टामा १ हजार ८१८ जना कोरोना मुक्त <p>काठमाडाैं। पछिल्लो २४ घण्टामा थपिएका १ हजार २४६ नयाँ संक्रमितसँगै नेपालमा हालसम्म ५० हजार ४६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p>तर, कूल संक्रमित मध्ये ३५ हजार ७०० जना पूर्ण रूपमा निको भइसकेका छन् भने ३१७ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p>पछिल्लो २४ घण्टामा मात्र नेपालमा कूल १ हजार ८१८ जना कोरोना मुक्त भएका छन्। पछिल्लो समय नेपालमा नयाँ संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको पनि उल्लेख्य वृद्धि हुन थालेको छ।&nbsp;</p> <p>त्यस्तै पछिल्लो २४ घण्टामा मात्र ५ जनाको मृत्यु भएको छ। भदाै ३ गतेदेखि जारी भएको निषेधाज्ञापछि दोस्रो पटक ठप्प बनेको काठमाडाैं उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी&nbsp; साधन पनि आजबाट सञ्चालनमा आएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्