नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो: १ हजार २४६ नयाँ संक्रमित

काठमाडाैं। गत २४ घण्टामा देशभर १ हजार २४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १४४ पीसीआर परीक्षणमध्ये १ हजार २४६ जनाको नतिजा पोजिटिभ आएको हो।

हालसम्म कूल पीसीआर परीक्षण संख्या ८ लाख १० हजरा ४८५ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमित संख्या १४ हजार ४४८ छ। जसमध्ये ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै क्वारेन्टिनमा रहेकाको संख्या ५ हजार ४८० पुगेको छ।

हालसम्म नेपालमा ५० हजार ४६५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्