भक्तपुर। मध्यपुरथिमी नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा 'नर्सिङ रोबोट' परिचालन गर्ने भएको छ।
नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारमा तीन वटा रोबोट परिचालन गर्न लागिएको मेयर मदनसुन्दर श्रेष्ठले बताए।
श्रेष्ठले अस्पतालमा परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै असोजको पहिलो सातादेखि 'नर्सिङ रोबोट' सञ्चालनमा ल्याउने र बिरामीलाई रोबोटले नै औषधि र खानेकुरा दिने गरी तयारी गरेको जानकारी दिए।
नेपाली युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब १५ लाख बजेट खर्च हुने नगरपालिकाले जनाएको छ।
८५ शय्याको नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको ३० शय्याको आइसोलेसन, आठ वटा भेन्टिलेटरसहितको ११ शय्याको आईसीयू तयारी अवस्थामा राखिएको छ।
नगरपालिकाले आफ्नै पीसीआर ल्याबमा चैतदेखि हालसम्म ९ हजार जनाको परीक्षण गरिसकेको छ। नगर प्रमुख श्रेष्ठले हालसम्म ३२७ जनालाई संक्रमण भएको, ९० जना संक्रमणमुक्त भएर घर फर्किएको, ९० जना सामुदायिक आइसोलेसनमा र १७१ जना होम आइसोलेसनमा रहेको मेयर श्रेष्ठले बताए। रासस
" /> भक्तपुर। मध्यपुरथिमी नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा 'नर्सिङ रोबोट' परिचालन गर्ने भएको छ।नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारमा तीन वटा रोबोट परिचालन गर्न लागिएको मेयर मदनसुन्दर श्रेष्ठले बताए।

">