काठमाडौं। सरकार तथा मिडिया कोरोना भाइरसका विषयमा आवश्यकता भन्दा ज्यादा गम्भीरता देखाइरहेका त छैनन् ? के अब हामी सामान्य जीवनतिर अघि बढ्ने समय आएको हो ? यी प्रश्न यतिखेर अहम् छन्।

अर्थव्यवस्था हेर्ने हो भने तत्कालै केही गरिहाल्नुपर्ने अवस्था छ। यहाँ केही सकारात्मक कुरा छन्। यसले दुवैखाले अतिवादलाई दृष्टिगत गर्छ।

मृत्यु र गम्भीर रूपमा बिरामी हुने ट्रेन्डमा निरन्तर गिरावट आइरहेको छ। केही महिनादेखि कोरोना संक्रमितहरू अस्पताल जाने क्रम घट्दो छ। बेलायतमा जब संक्रमण चरम अवस्थामा थियो तब दैनिक अस्पताल जाने बिरामी २० हजार थिए, अहिले त्यो घटेर ८०० हुन पुगेको छ।

सघन उपचार कक्ष संक्रमितले भरिन्थ्यो। तीमध्ये कतिपयलाई हप्तौंसम्म भेन्टिलेटरमा राख्नुपर्थ्यो। अहिले त्यस्तो संख्या दैनिक तीन हजार तीन सयबाट घटेर केवल ६४ भएको छ। कोरोनाबाट मर्नेको संख्या गन्ने तरिका फरकफरक छन्। तर अप्रिलमा मृत्यु ह्वात्तै बढेको थियो, त्यसपछि लगातार घटिरहेको छ।

परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको २८ दिनभित्र मर्नेका संख्या दैनिक हजार थियो, अहिले ९९ प्रतिशत घटेर १० भन्दा पनि तल झरेको छ। प्रोस्टेट क्यान्सबाट दैनिक ३० जनाको मृत्यु हुन्छ, ब्रेस्ट क्यान्सरबाट पनि त्यत्तिकै संख्यामा महिलाको जीवन जान्छ। खबर केवल कोरोनाको आउँछ, अरु रोगबारे आउँदैन।

नेपालमा पनि क्रमशः लकडाउन र निषेधाज्ञालाई खुकुलो पार्दै लगिएको छ। यसको अर्थ कोरोनो संक्रमण कम हुँदै गएको पक्कै होइन। आर्थिक, सामाजिक तथा जीवनका अन्य कुरा पनि नियमित हुनुपर्छ भन्ने मान्यताले खुकुलो पारिएको हो।

बेलायतमा जुलाईको आरम्भदेखि स्वाब टेस्ट दोब्बर पारियो, तर अस्पताल भर्ना हुने संख्या बढेको छैन। हालै ओएनएस इन्फेक्सन सर्भेबाट पत्ता के लागेको छ भने, दैनिब दुई हजार २०० संक्रमित फेला परेका छन्। जुलाईदेखि यो आँकडा स्थिर छ।

बेलायतमा कोरोना फैलिएपछि थुप्रै चिजमा परिवर्तन आएको छ। अक्सफोर्ड युनिभर्सिटीका एभिडेन्स बेस्ड मेडिसिनका प्रोफेसर कार्ल हेनेगेन भन्छन्, ‘‘मार्च र अप्रिलको कुरा गर्दा अति संवदेनशील मानिस केयर होम्समा दैनिक हजार बिरामी कोरोनाका कारण आउँथे। अहिले युवा संक्रमित आउन थालेका छन्, तिनलाई कोरोनालाई खासै असर गर्न सक्दैन। भाइरस फैलने दर पनि घटेको छ। सामाजिक दूरी पालनाका कारण पनि मानिसहरू कम संक्रमित हुन थालेका छन्।’’

अस्पताल जाने संक्रमितको स्वास्थ्यमा राम्रै सुधार आउँछ। अब मेडिकल टोलीले बुझिसकेका छन्, कोरोनाबाट संक्रमितलाई कसरी बचाउने भनेर। उनीहरूले बिरामीलाई डेक्सामेथासोन दिन थालेका छन्।

संसारभर यो महामारीको चपेटामा अडाइ करोड मानिस परेका छन्, मृत्यु हुनेको संख्या आठ लाख नाघिसकेको छ। तर पनि टीबीजस्ता संक्रामक रोगबाट हुने मृत्युभन्दा कोरोना निकै कम हानिकारक देखिएको छ। हावामा रहने ब्याक्टेरियाको संक्रमणबाट हुने टीबीले हरेक वर्ष करिब १५ लाख मानिसको ज्यान लिन्छ।

यसमा अधिकांश विकासशील देशका मानिस पर्छन्। यो रोग विशेषगरी कुपोषण र गरिबीसँग जोडिएको छ। टीबीले यस्ता मानिसले पक्रन्छ, जसको इम्युनिटी पावर कमजोर छ।

कोरोनाको औषधि अझै बन्न बाँकी छ, तर टीबीलाई एन्टिबायोटिक्सले ठीक पार्न सकिन्छ। यति भएर पनि टीबीका बिरामी निकै बढिरहेका छन्। यस्ता तुलनाका विषय थुप्रै छन्। मुल कुरो, के अब जिन्दगी नयाँ र सामान्य रूपमा चल्न सक्ने समय आएको हो ?

बालबालिकाहरू विद्यालय जान थालेका हुन् भने यो प्रश्नको जवाफ सकारात्मक आएको मान्नुपर्छ। बालबालिकालाई कोरोनाले पार्ने प्रभावको तुलनामा उनीहरूको पढाइ छुट्दा हुने हानि धेरै गुना बढी छ। तर के गर्नु ? कोरोनाको डर बाँकी नै छ। यसबाट हुने लामो समयको दुष्प्रभाव कस्तो हुने हो, यसै भन्न सकिन्न।

तपाईं जति बढी उमेरको हुनुहुन्छ, कोरोनाका डर त्यति नै अधिक हुन्छ। हुन त कतिपय मानिसको इम्युन सिस्टम धेरै पछिसम्म पनि बलियो हुन सक्छ। तर पनि सामान्य तुलना गर्दा २० वर्षको युवाभन्दा ८० वर्षको वृद्ध कोरोनाबाट मर्न सक्ने सम्भावना ५०० गुना बढी हुन्छ।

हामी यो महामारीमाथि जित हासिल गर्ने सवालमा अहिले पनि निकै टाढा नै छौं। ज्येष्ठ नागरिकका लागि यो रोग बढी खतरनाक छ। बालबालिकलाई पनि जोगाउनु छ।

हामी सबै जान्न चाहिरेका छौं, यो पतझडमा के होला अवस्था ? हालचाहिँ हामी राम्रो अवस्थामा छौं।

अहिले गर्मी महीना छ। यो याममा रेस्पिरेटरी भाइरसलाई फैलन कठिन पर्छ। हामी अधिकांश सामाजिक दूरी कायम गरिरहेका छौं। अब हामीले बिर्सिसकेका छौं कि हामीले अन्तिम पटक कहिले हात मिलाएका थियौं। यति गर्दा पनि एक व्यक्तिबाट अर्कोमा कोरोना भाइरस फैलन कम हुन्छ। तर कोरोना त अझै बाँकी छ।

हेक्का के राख्नुपर्छ भने, यो महामारीलाई रोक्न सबैको भूमिका एउटै छ- सतर्कता अपनाउनु। कयौंलाई डर छ- आगामी समय कस्तो हुने हो !

आगामी केही साता महत्वपूर्ण हुनेछन्। विद्यालय, विश्व विद्यालय खुल्नेछ, मानिसहरू अफिस जानेछन्, त्यसपछि थाहा हुन्छ, कोरोनाले फैलने क्रम बलियो पार्छ या कमजोर हुन्छ। के भन्न सकिन्छ र, अवस्था थप भयावह पो हुने हो कि! यसको दोस्रो लहर थप खतरानक पो हुने हो कि !

हामीले अहिले नै केचाहिँ सोच्न हुँदैन भने, कोरोनाको अन्त्य भयो। सतर्कतालाई बेवास्ता गर्नु हुँदैन। सामाजिक दूरीका साथै नियमित हात धुने क्रमलाई कायम राख्नुपर्छ।

अवस्था खुकुलो पारेछि सरकारको जिम्मेवारी सकिँदैन, झनै बढ्छ। साथै, नागरिकको जिम्मेवारी पनि थपिन्छ। अब स्वास्थ्य सतर्कताका सारा उपाय अपनाउन सक्दा कोरोना कमजोर भएर जान्छ।

(बीबीसीमा आधारित)

" /> काठमाडौं। सरकार तथा मिडिया कोरोना भाइरसका विषयमा आवश्यकता भन्दा ज्यादा गम्भीरता देखाइरहेका त छैनन् ? के अब हामी सामान्य जीवनतिर अघि बढ्ने समय आएको हो ? यी प्रश्न यतिखेर अहम् छन्।

"> के साँच्चै समय सामान्य बन्न थालेको हो ?: Dekhapadhi
के साँच्चै समय सामान्य बन्न थालेको हो ?

प्रतिक्रिया दिनुहोस्