काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको छ।
आज बिजोर गते भएकोले बिजोर नम्बरका सवारी साधन सञ्चालन भइरहेका छन्। नियमको अटेर गरी सवारीसाधन चलाइए कारबाही गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार सार्वजनिक यात्रुबाहक सवारी साधनको हकमा भने १६ सिटभन्दा बढीका सवारीसाधन मात्र जोरबिजोर प्रणालीमा चलाउन पाइनेछ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम गरी सिट क्षमताको आधा, एक लहरमा एकजना मात्रै यात्रु राखी सवारीसाधन सञ्चालन गर्नुपर्ने छ।
चालक, सहचालक तथा यात्रुले मास्क, पन्जा लगाउनु पर्ने, सवारीसाधनको ढोकामै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने लगायतका स्वास्थ्य मापदण्ड पूरा गर्न अनिवार्य गरिएको छ। त्यस्तै ट्याक्सीको हकमा भने चालकसहित तीनजना र एकै परिवारका सदस्य भए ५ वर्षमुनिका दुईजना बालबालिकासम्म राख्न पाइने व्यवस्था गरिएको छ।
विकास निर्माणसँग सम्बन्धित सामग्री ढुवानीको लागि प्रयोग हुने सवारीसाधनको लागि दिउँसो २ देखि बेलुकी ७ बजे सम्मको समय तोकिएको छ। मालवाहक सवारीसाधनको लागि भने जोरबिजोर लागू हुने छैन। यी सवारी बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म चल्न पाउने छन्।
गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी अत्यावश्यक तथा खाद्यान्न बोकेका दुई हजार ५४१ ओटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने तीन हजार ३५५ ओटा सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्।
गएको २४ घण्टामा उपत्यकामा ८ वटा सवारी दुर्घटना हुँदा १२ जना सामान्य घाइते भएका छन्।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको छ।आज बिजोर गते भएकोले बिजोर नम्बरका सवारी साधन सञ्चालन भइरहेका छन्। नियमको अटेर गरी सवारीसाधन चलाइए कारबाही गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

">