काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै ३ भदौदेखि लागू गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो गरिएको छ।
जनजीवनमा पारेको असरलाई मध्यनजर गर्दै ३१ भदौसम्म थप गरिएको निषेधाज्ञालाई केही सहजीकरण गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारि जनकराज दाहालले बताएका छन्।
आजदेखि सार्वजनिक तथा निजी सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ। तर, सार्वजनिक सवारीको हकमा १६ सिट क्षमताभन्दा माथिका सवारीसाधन मात्र सञ्चालन गर्न पाइनेछ।
खाद्यवस्तु, दूध तथा दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासुको पसल बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
तर यी सबै सेवाहरू सञ्चालन गर्दा स्वास्थ्यसम्बन्धी मापदण्ड पालनामा अनिवार्य ख्याल राख्नुपर्नेछ। स्वास्थ्यव्यपार/व्यवसाय, जोरबिजोर प्रणालीमा १६ सिटभन्दा माथिका सार्वजनिक यातायात र निजी सवारी साधान समेत चल्न पाउनेछन्।
त्यस्तै निजी कार्यालय, होटल पनि खोल्न पाइनेछ। तर, त्यसका लागि कोभिड-१९ सँग सम्बन्धित मापदण्डको पूर्ण पालना गर्नुपर्ने हुन्छ। होटल पनि निश्चित अवधिका लागि मात्र खोल्ने दिइनेछ।
पार्टी प्यालेस, फिटनेस क्लब, मनोरञ्जन क्षेत्र, शैक्षिक संस्थानमाथि प्रतिबन्ध भने कायम नै राखिएको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै ३ भदौदेखि लागू गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो गरिएको छ।जनजीवनमा पारेको असरलाई मध्यनजर गर्दै ३१ भदौसम्म थप गरिएको निषेधाज्ञालाई केही सहजीकरण गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारि जनकराज दाहालले बताएका छन्।

">