काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ७५ हजार ९७७ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।
योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड ८२ हजार ४४ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.७२ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख ९८ हजार ४३२ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख नौ हजार ३३३ रहेको छ।
नेपालमा बुधबार थप ९१८ सहित कूल ३३ हजार ८८२ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १५ हजार ३५ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३८ लाख ४० हजार ८६ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख १३ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ३४ लाख ६६ हजार ८१९ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल नौ लाख २१ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३४ लाख ५३ हजार ३३६ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख १७ हजार ३४३ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ५६ हजार ४५८, पेरूमा पाँच लाख ३६ हजार ९५९, कोलम्बियामा पाँच लाख ५२ हजार ८८५, दक्षिण अफ्रिकामा पाँच लाख ६९ हजार ९३५ तथा मेक्सिकोमा चार लाख ५१ हजार १५९ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ७५ हजार ९७७ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड ८२ हजार ४४ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.७२ प्रतिशत हो।

">