हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुल्ने
काठमाडाैं। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ।

बैठकले बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दूग्धजन्य पदार्थका पसल र बिहान १० देखि दिउँसो ३ बजेसम्म अन्य पसल गरी दुई चरणमा पसल खुलाउने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालले जानकारी दिए।

उनका अनुसार उक्त बैठकले यही भदौं २६ गते शुक्रवारदेखि असोज ५ गतेसम्म लागुू हुनेगरी सो निर्णय गरेको हो। त्यस्तै, प्रशासनले बैंक तथा वित्तीय संस्था भने बिहान १० बजेदेखि ३ बजेसम्म खुलाउने, निजी सवारीलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ।

बैठकले होटल, रेष्टुरेन्ट, लज एवम् रिसोर्टबाट खाजा तथा खाना प्याकिङ बाहेकका अन्य सेवा पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्