प्रदेश न १ मा थपिए १५५ नयाँ संक्रमित

काठमाडाैं। प्रदेश न १ मा पछिल्लो २४ घण्टामा १५५ कोरोना सङक्रमित थपिएका छन्। थपिएकामा महिला ६३ र पुरुष ९२ छन्। त्यसमा मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा पाँच, धनकुटामा चार, झापामा तीन, ताप्लेजुङ, उदयपुर तथा प्रदेश बाहिरका एकएक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा ७० जनामा सङ्क्रमण देखिएकोेमध्ये ३० महिला र ४० पुरुष छन्।थपिएकामा मोरङको लेटाङमा एक महिला र तीन पुरुष, पथरीशनिश्चरेमा तीन पुरुष, उर्लाबारी र सुन्दरहरैचामा एकएक पुरुष, ग्रामथानमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

धरानमा १३ महिला र नौ पुरुष, इटहरीमा नौ पुरुष र १३ महिला, इनरुवामा चार महिला र १२ पुरुष, भोजपुरको षडानन्दमा एक महिला र चार पुरुष, धनकुटाको चौबिसेमा एक महिला र दुई पुरुष, धनकुटा नगरपालिकामा एक पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा एकएक पुरुष, शिवसताक्षीमा एक महिला, ताप्लेजुङको मेरिङदेनमा एक महिला, उदयपुरको त्रियुगामा एक पुरुष र प्रदेश बाहिरका एक महिलामा सङ्क्रमण पुष्टि भएको बताइएको छ।

प्रदेशमा हालसम्म चार हजार ४१२ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनकपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट पाँच र होम आईसोलेसनबाट चारसहित ३६ जना आज डिस्चार्ज भएका छन्।

अहिलेसम्मा यसप्रदेशबाट कोरोनाबाट मुक्त भएर घर फर्केनेको सङ्ख्या एक हजार ९४८ पुगेको छ। यसप्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३७० जना सहित अहिलेसम्ममा एक लाख तीन हजार ३३३ जनाको पिसिआर परीक्षण भइसकेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्