१ हजार ८१ कोरोना संक्रमित थपिए

काठमाडाैं। गत २४ घण्टामा देशभर १ हजार ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १०७ पीसीआर परीक्षणमध्ये १ हजार ८१ जनाको नतिजा पोजिटिभ आएको हो।

हालसम्म कूल पीसीआर परीक्षण संख्या ७ लाख ९९ हजरा ३४१ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमित संख्या १५ हजार २५ छ। जसमध्ये ७ हजार ९८८ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ३७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै क्वारेन्टिनमा रहेकाको संख्या ५ हजार ४८० पुगेको छ।

हालसम्म नेपालमा ४९ हजार ९ सय १९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्