निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओ छलफलमा: केही खुकुलो हुनसक्ने
काठमाडौ। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले छलफल थालेका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवम सूचना अधिकारी जीवन प्रसाद दुलालले तीनै जिल्लाका प्रजिअबीच छलफल भइरहेको र आज साझसम्म निर्णय सार्वजनिक गरिने जानकारी दिए।

"भदौ ४ गतेदेखि जारी निषेधाज्ञा खुकुलो बनाउन चौतर्फी माग उठ्दै आएको छ। सोही कारण केही खुकुलो पारेर निर्णय आउन सक्ने अनुमान गरिएको छ। अहिले छलफल नै चलिरहेको छ। आज राति ७ बजेसम्म एएटा निर्णय आउँछ। अहिले नै के गर्ने भनेर निर्णय भइसकेको छैन्," सूचना अधिकारी दुलालले भने।

आज दिउँसो तीनै जिल्लाका प्रजिअबीच भर्चुअल सम्वाद भएको थियो। उपत्यकामा कोरोना संक्रमणको जोखिम नघटेकाले निषेधाज्ञा पूर्ण रूपमा खुल्ला गर्न नहुने उनीहरू निष्कर्ष छ। अब केही खुकुलो पारेर निषेधाज्ञा तोकिन सक्छ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवा बाहेक अन्य कार्य गर्न रोक लगाइएको छ। खाद्य, तरकारी, माछा मासुका पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाइएको छ। औषधी, दुग्ध जन्य सवारी तथा पसलहरूलाई भने कुनै रोक लगाइएको थिएन्।

प्रतिक्रिया दिनुहोस्