कोरोनाविरुद्धको खोप परीक्षण स्थगित हुनु चिन्ताको विषय होइन: बेलायती स्वास्थ्यमन्त्री <p>एजेन्सी।&nbsp;बेलायती स्वास्थ्य मन्त्री माट ह्यानककले अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनेकाको कोरोना भाइरसविरोधि खोपको परीक्षण स्थगित गरिनु कुनै चिन्ताको विषय नभएको बताएका छन्।</p> <p>तेस्रो चरणको परीक्षणको क्रममा रहेको उक्त खोप लगाइएका&nbsp;एक स्वयमसेवी अचानक विरामी परेपछि अस्ट्राजेनेकाले तत्कालका लागि परीक्षण स्थगित गर्ने निर्णय गरेको थियो।</p> <p>बेलायत, अमेरिका, ब्राजिल तथा दक्षिण अफ्रिकामा गरी तेस्रो चरणमा ३० हजार जनाको परिक्षण गर्ने तयारी थियो। तर, एक स्वयमसेवीमा अनौठो खालको स्वास्थ्य समस्या देखिएपछि तत्काललाई परीक्षण स्थगित गरिएको हो। स्वास्थ्य समस्या आएका स्वयमसेवीलाई अस्पताल भर्ना गरिएको छ र उनमा आएको समस्याबारे पत्ता लगाउने प्रयास भइरहेको छ।</p> <p>यो खोप विकासका क्रममा यसअघि पनि यस्ता समस्या आइसकेको कारण अहिले पनि आत्तिनु नपर्ने उनले बताए। &ldquo;खोप विकासमा यो एउटा सामान्य प्रक्रिया हो। यस्तै समस्याहरुले खोपलाई थप सुरक्षित तथा प्रभावकारी बनाउन मद्दत गर्छ,&rdquo; ह्यानककले भने, &ldquo;ती स्वयमसेवीलाई के कारण स्वास्थ्यमा समस्या आएको भन्ने पनि अहिलेसम्म पत्ता लागिसकेको छैन। उनलाई खोपको रिएक्सन नभई अन्य समस्या पनि हुन सक्छ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्