दैलेखमा भेन्टिलेटर सञ्‍चालनमा
काठमाडाैं। जिल्ला स्वास्थ्य कार्यालय दैलेखले आपत्कालीनावस्थामा रहेका बिरामीको उपचारका लागि भेन्टिलेटरसहितको सेवा सञ्चालनमा ल्याएको छ।

गम्भीर खालका बिरामीको जिल्लामै उपचार गर्ने उद्देश्यले पाँच महिना अगाडि खरीद गरिएको भेन्टिलेटर जनशक्ति अभावले रोकिएको भए पनि अब सञ्चालनमा ल्याइएको स्वास्थ्य  कार्यालयका प्रमुख डा निरञ्जन पन्थले जानकारी दिए।

अब जिल्लामै गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहजता भएको छ। बर्खा याममा सर्पले टोकेका बिरामीलाई समेत जिल्लामै उपचार गर्न सफल भएको बताइएको छ।

जनसङ्ख्याका हिसाबले कर्णालीको दोस्रो ठूलो जिल्ला दैलेखका छिमेकी जिल्ला जाजरकोट, कालीकोट आसपासका जनतासमेत यहाँ सेवा लिन आउने गरेका छन्।

यस वर्षदेखि तीनवर्षे दीर्घकालीन योजनानुसार कर्णाली प्रदेश सरकारले ४१ करोड लागतमा अत्याधुनिक अस्पताल निर्माणको काम शुरु गर्ने तयारी गरेको स्वास्थ्य कार्यालयका प्रमुख डा  पन्थले जानकारी दिए।

सोको विस्तृत परियोजना प्रतिवेदन निर्माण गरिसकिएको छ। सरकारले क्रमागत बजेट विनियोजनसमेत गरिसकेको छ। गत वर्ष बोलपत्र लागि रकम आए पनि कोरोना कहरका कारण काम  हुन नसकेको र यस वर्षदेखि काम शुरु गरिने पन्थको भनाइ छ।

पाँच शय्यामध्ये तीन वटा सघन उपचार कक्षका लागि प्रयोग गरिएको तथा दुईमा भेन्टिलेटर सेवा सञ्चालन गरिएको छ। आवश्यक जनशक्ति र अक्सिजन प्लान्ट जडान हुन सके सधैँभरि सेवा सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ।

अहिले अस्पतालमा फिजियोथेरापी सेवासमेत सञ्चालनमा छ। विभिन्न रोगको शल्यक्रियासमेत हुने गरेको छ। सामाजिक सेवा एकाइ सञ्चालन गरेर हिंसामा परेका महिलाको सुरक्षा, उपचार सेवा, कानूनी सेवालगायत सबै सेवा एकै स्थानबाट प्रदान गर्ने कार्य पनि सुरु गरिएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्