हेटौंडा। कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि बागमती प्रदेशले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरूलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ।
प्रदेश विपद व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।
कोषबाट काठमाडौका किर्तिपुर नगरपालिकालाई १० लाख, शंखरापुर नगरपालिकालाई २० लाख, बूढानीलकण्ठ नगरपालिकालाई २० लाख, तारकेश्वर नगरपालिकालाई १० लाख, कागेश्वरी मनोहरा नगरपालिकालाई १५ लाख, चन्द्रागिरी नगरपालिकालाई १० लाख, टोखा नगरपालिकालाई २० लाख, मकवानपुरको मनहरी गाउँपालिकालाई १० लाख दिइनेछ।
त्यस्तै काभ्रेको धुलिखेल नगरपालिकालाई १ करोड, नमोबुद्ध नगरपालिकालाई १५ लाख, चितवनको भरतपुर महानगरपालिकालाई १ करोड, रत्ननगर नगरपालिकालाई ५० लाख, दोलखाको भिमेश्वर नगरपालिकालाई १ करोड, धादिङ अस्पताललाई ७५ लाख, हेटौंडा अस्पताललाई ५० लाख, चौतारा अस्पताललाई २२ लाख, भक्तपुर अस्पताललाई ५० लाख दिने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए।
यसैगरी ललितपुरको आनन्द बन अस्पताललाई १५ लाख, सिन्धुली अस्पताललाई ३० लाख, त्रिशुली अस्पताललाई ३० लाख, रामेछाप अस्पताललाई ९५ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
यसैगरी प्रदेशका अस्पतालहरुका लागि स्वास्थ्य सामग्री खरिदका गर्न स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ७ करोड ६५ लाख, ललितपुरको बज्रबाराही अस्पताललाई २५ लाख, मकवानपुर र काठमाण्डौका अञ्चल आयुर्वेद अस्पताललाई ५/५ लाख, चितवन, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला आयुर्वेद अस्पताललाई ५/५ लाख, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट र धादिङका जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रलाई ३/३ लाख, रसुवाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र १ लाख र स्वास्थ्य कार्यालय काठमाण्डौंलाई ५० लाख दिने निर्णय भएको छ।
सम्बन्धित संस्थाहरूबाट माग भएपश्चात अनुगमन गरी रकम उपलब्ध गराईने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बताए।
" /> हेटौंडा। कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि बागमती प्रदेशले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरूलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ।प्रदेश विपद व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।

">