९०२ कोरोना संक्रमित थपिए <p>काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर ९०२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा गरिएको १० हजार ६११ पीसीआर&nbsp;परीक्षणमा ९०२ जनामा&nbsp;कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।</p> <p>योसँगै हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगको छ।&nbsp;</p> <p>अहिले देशभर १४&nbsp;हजार ८६८ सक्रिय संक्रमित छन्। जसमध्ये ८&nbsp;हजार ५३ जना संस्थागत आइसोलेसन र ६ हजार ८१३ जना होम आइसोलेसनमा&nbsp;छन्।</p>
प्रतिक्रिया दिनुहोस्