गोरखा। यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा पुन: शुरू भएको छ।
विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया सेवा शुरू भएको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले बताए।
“गएको करिब ११ महिनादेखि विशेषज्ञ चिकित्सक नहुँदा सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समेत अस्पतालबाट बाहिर रिफर गर्नुपर्ने बाध्यता रहँदै आएको थियो”, उनले भने, “अब बिरामीले यहीँ नै सेवा पाउने छन्।”
आकस्मिकरूपमा एपेन्डिसाइटिसका शल्यक्रिया, सीएस लगायतका अन्य शल्यक्रिया सेवा अस्पतालबाट नियमितरुपमा उपलब्ध हुने गिरीले बताए। अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै यी सेवा दिन शुरू गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ। रासस
" /> गोरखा। यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा पुन: शुरू भएको छ।विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया सेवा शुरू भएको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले बताए।

">