काठमाडौं। गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा ३ जिल्लामा ३८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा २६, बागलुङमा ९ र तनहुँमा तीनजना संक्रमित थपिएका छन्।
नयाँ संक्रमितहरूमा गण्डकी मेडिकल कलेजमा उपचाररत एकजना बिरामी र पार्कल्याण्ड अस्पतालकी एक चिकित्सक रहेको निर्देशनालयको विज्ञप्तिमा जनाएको छ। केही संक्रमितहरू कन्ट्याक्ट ट्रेसिङबाट फेला परेका छन्।
योसँगै गण्डकीमा कूल संक्रमित दुई हजार ६५० पुगेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा ३ जिल्लामा ३८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

">