भारतमा एकैदिन ७५ हजारभन्दा बढीमा संक्रमण, ११ सयको मृत्यु

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ७५ हजार २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार १२९ जनाले संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७२ हजार ८१६ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार ३४८ रहेको छ। हालसम्म ३३ लाख २१ हजार ४२० जना उपचारपछि निको भएको तथ्यांक छ।

भारतमा सोमबार हालसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो। आज उक्त संख्या करिब १६ हजारले घटेको हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ७६ हजार ९२० पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १० हजार ५५३ रहेको छ।

प्रतिक्रिया दिनुहोस्