काठमाडौं। कोरोना महामारीविरुद्धको भ्याक्सिन तयार भएपछि यसको खरिद र वितरणको नेतृत्व युनिसेफ (संयुक्त राष्ट्र संघ बालकोष) ले लिने सम्भावना देखिएको छ। यो अभियानअन्तर्गत जब भ्याक्सिन उपलब्ध हुनेछ तब सबैको देशको सुरक्षित र तीव्र गतिमा त्यसलाई पुर्याइने छ।
युनिसेफ सबैभन्दा ठूलो र एकल खोप खरिदकर्ता हो। यो संस्थाले वार्षिक १०० देशमा खोप अभियान चलाएर विभिन्न संक्रामक रोग रोक्ने काम गर्दै आएको छ। संस्थाले वार्षिक दुई अर्बभन्दा बढी खोप खरिद गर्छ।
युनिसेफले रिभल्विङ फन्ड अफ दि प्यान अमेरिका हेल्थ अर्गनाइजेसन (पीएएचओ- पाहो) को सहयोगमा कोभिड-१९ को खोप खरिद तथा आपूर्ति कोभ्याक्स ग्लोबल भ्याक्सिन फसिलिटीका तर्फबाट ९२ निम्न तथा मध्यम आय भएका देशमा गर्ने छ।
युनिसेफले ८० उच्च आय भएका देशमा खरिद समर्थन दिनुका साथै समन्वयको कामसमेत गर्नेछ। यी देशहरूले कोभ्याक्स फसिलिटीमा हिस्सा लिने इच्छा जाहेर गरेका छन् र सबैले आफ्नो बजेटबाट खोपको व्यवस्था गर्ने छन्।
भ्याक्सिन खरिद तथा वितरण गर्ने कार्यमा १७० देश सामेल छन् र यो नै संसारमा सबैभन्दा तीव्र अभियान हुन सक्छ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भने, ‘‘सरकार, उत्पादक तथा बहुपक्षीय सहयोगकर्ताका बीच साझेदारी नै कोरोना महामारीविरुद्ध लडाइँ जारी राख्ने महत्वपूर्ण कार्य हो। युनिसेफले यो प्रयास विश्व स्वास्थ्य संगठन, गाभी दि भ्याक्सिन अलायन्स, दि कोलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इन्नोभेसन, विश्व बैंक, दि बिल एन्ड मेलिन्डा फाउन्डेसन तथा अन्य सहयोगीसँग मिलेर गर्ने छ।’’
युनिसेफ चाहन्छ। कोभ्याक्स फसिलिटी संसारका हरेक देशका लागि खुला छ। सुनिश्चितता के गरिनुपर्छ भने, कुनै पनि देशको भविष्य कोरोनाविरुद्धको खोप हासिल गर्नबाट वञ्चित नरहोस्।
(एजेन्सी)