कोरोना नियन्त्रण गर्न कर्फ्यु, निषेधाज्ञा वा लकडाउनको विकल्प के छ?
काठमाडौं। नेपालमा १२० दिन लकडाउन भयो। गत चैत ११ गतेदेखि लागू भएको लकडाउन साउन ६ गते रातिबाट अन्त्य भयो। अहिले पनि ४८ जिल्लामा निषेधाज्ञा छ। विभिन्न क्षेत्र शिल भइरहेका छन्।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ भने २८९ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमितको दर दिनप्रतिदिन बढिरहेको छ। जबकी कोरोनाको उत्पत्ति भएको क्षेत्र चीनको वुहानमा पहिलो चरणमा ७६ दिन लकडाउन गरिएको थियो। त्यो अवधीमा कोरोना संक्रमित पूर्ण रूपमा निको भएका थिए भने नयाँ संक्रमित देखिएका थिएनन्।
चीनको वुहान शहरमा साढे दुई महिनाको अवधीमा संक्रमण नियन्त्रणमा लिएको थियो। तर, नेपालमा १२० दिने लकडाउन, अझै पनि विभिन्न जिल्लामा निषेधाज्ञाले गर्दा पनि नियन्त्रण हुनुको साटो झन् बढिरहेको छ।
लकडाउन, निषेधाज्ञा लम्बिदैं जाँदा आम जनमानसको मुखबाट उठ्ने विभिन्न प्रश्नहरू छन्:
यो महामारी कहिले अन्त्य हुने हो?
घरमा बस्दा बस्दैं दिक्क लागिसक्यो, बाहिर जान कहिले पाउँला?
कोरोना महामारीका कारण मेरो त व्यवसाय नै चौपट भयो।
अब कसरी पो अगाडि बढ्ने होला?
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले दशैं अघिसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्नुपर्ने बताएका छन्। केही सहजीकरण गरेर भए पनि निषेधाज्ञा दशैंसम्म गर्नुपर्ने उनको भनाई छ।
“दशैँ आउँदैछ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ। अहिले नै निषेधाज्ञा खोलियो भने संक्रमणको भयावह अवस्था आउन सक्छ। अब चाडपर्वमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्ने खतरा पनि बढ्छ। त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ,” प्रजिअ भट्टले भने।
निषेधाज्ञा अन्त्य गरेर जनजीवन सहज बनाउनुपर्ने आवाज जोडदार रूपमा उठिरहेको छ। निषेधाज्ञा गरेर मात्र हुँदैन्, समस्यामा परेकालाई राज्यले राहत पनि दिनुपर्छ नत्र निषेधाज्ञा हटाउनु पर्छ- अहिले धेरै आम सर्वसाधरणको भनाई र बुझाई यही नै छ।
सरकार भने संक्रमणको अन्त्य नहुँदासम्म यो प्रक्रियालाई निरन्तरता दिने मुडमा देखिन्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम संक्रमणको अन्त्य नहुँदासम्म निषेधाज्ञा, लकडाउन, सिल जस्ता प्रतिबन्धहरू कायम रहने बताउँछन्।
“कहिले अन्त्य हुन्छ भन्ने सरकारको हातमा छैन। जबसम्म संक्रमण रहिरहन्छ, तबसम्म निषेधाज्ञा जारी हुन्छ। जनता सचेत भएर बस्ने हो भने भोलिबाटै निषेधाज्ञा हट्छ,” प्रवक्ता डा. गौतमले भने।
जनस्वास्थ्यविद् डा. रबिन्द्र पाण्डेले सरकार भन्दा पनि जनसमूदायका कारण निषेधाज्ञा हुने गरेको बताए। राज्यले गर्नुपर्ने काम गरिरहेको तर जनसमुदायले मापदण्ड पालना नगर्दा यो समस्या भइरहेको उनको बुझाई छ।
निषेधाज्ञा, कर्फ्यु, सिल जस्ता प्रतिबन्धको विकल्प केही छैन त? देखापढीको जिज्ञासामा उनले भने, “त्यसका लागि जनता नै सचेत हुनुपर्छ। चीनको वुहानमा सरकारले जारी गरेको मापदण्ड पूर्ण पालना गर्दा महामारी साढे दुई महिनामै सकिएको थियो। तर, हाम्रो तर्फबाट पूर्ण पालना हुन सकिरहेको छैन्।”
त्यसकालागि के गर्ने त?
घरबाहिर जाँदा सबैले सहि तरिकाले अनिबार्य रूपमा मास्क लगाउने।
जहाँ पनि ६ फिटको दुरी कायम गर्ने।
नियमित सावुन पानीले हात सफा गरिराख्ने।
भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्ने।
जनता अनुसाशित र सरकार इमान्दार भएर महामारी नियन्त्रणमा लागेको खण्डमा छोटो समयमै नियन्त्रणमा आउन सक्छ।
राज्यले के गर्ने?
कोरोना नियन्त्रणका राज्यको तर्फबाट थुप्रै कामहरू गर्न बाँकी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुनले बताए।
“निषेधाज्ञा र लकडाउन मात्र विकल्प होइन्। त्यसका लागि राज्यले पीसीआर परीक्षणको दायरा बढाउने, मानिसहरूको घर–घरमा राहत वितरण गर्ने, स्वास्थ्य उपकरणको विस्तार गर्ने काम गर्नुपर्छ,” डा. पुनले सुझाव दिए।
यति गर्न सकियो भने कहिल्यै लकडाउन नहुने, कहिल्यै निषेधाज्ञा नहुने, कहिल्यै पनि अस्पतालमा भर्ना हुन नपर्ने, आइसीयुमा पुग्न नपर्ने, भेन्टिलेटरमा जान नपर्ने र ज्यान गुमाउनु नपर्ने जनस्वास्थ्यविद् डा. पाण्डेको विश्वास छ।
प्रतिक्रिया दिनुहोस्