कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु

काठमाडाैं। कोरोना भाइरसका कारण गत २४ घण्टामा नेपालमा ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार दुई महिला र सात जना पुरुष गरी नाै जनाको मृत्यु भएको हो।

यसरी मृत्यु हुनेमा झापा र मोरङका ६४ र ४५ वर्षीया महिला रहेका छन्। त्यस्तै पुरुषमा मोरङका ४५, पर्षाका ७७, धनुषाका ३५ र चितवनका ६७ वर्षीय छन्।

त्यस्तै ७४, ६८ र ८५ वर्षीय तीन जना काठमाडाैंका पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए।

योसँगै देशभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २८९ पुगेको छ। हालसम्म नेपालमा ४६ हजार २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अहिले १७ हजार २७ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्