९८० जना कोरोना संक्रमित थपिए

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर ९८० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा गरिएको १० हजार ३८२ पीसीआर परीक्षणमध्ये २९० जना महिला र ६९० जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २५७ पुगको छ।

गत २४ घण्टामा १ हजार ८१४ जना निको भएर घर फर्किएसँगै कूल डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ।

अहिले देशभर १७ हजार २७ सक्रिय संक्रमित छन्। जसमध्ये ९ हजार २०१ जना संस्थागत आइसोलेसन र ७ हजार ८२६ जना होम आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस्