कैलाली। सुदूरपश्चिम प्रदेशमा शनिबार साँझसम्ममा पाँच हजार १९८ जना कोरोना संक्रमित निको भएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा ६ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारीअनुसार कैलालीमा एक हजार ८११, कञ्चनपुरमा ६९० डडेलधुरामा ३१९, डोटीमा ९५५ जनामा कोरोना संक्रमण भएको छ।
त्यस्तै बैतडीमा ३८१, दार्चुलामा ५०, बाजुरामा ४५२, बझाङमा ४३७ र अछाममा ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।
यसैगरी कोरोना संक्रमणबाट निको हुनेमा कैलालीका एक हजार ४२६, कञ्चनपुरका ६३७, डडेल्धुरा २९९ र डोटीका ८६९ जना रहेको उनले बताए। त्यस्तै बैतडीका ३२५, दार्चुला ४१, बाजुरा ४४२, बझाङ ३११ र अछामका ८४८ जना कोरोना संक्रमणबाट निको भएका छन्।
प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ महाशाखाले जानकारी दिएको छ। जसमा कैलालीका ६, बाजुराका दुई, बझाङका दुई र अछामका एक जना रहेको महाशाखा प्रमुख कार्कीले बताए।
त्यस्तै प्रदेशभर ९४१ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेसनमा ८०९ जना रहेको प्रदेश महाशाखा प्रमुख कार्कीले बताए। उनले अहिलेसम्म प्रदेशभर ६६ हजार ३८६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको जानकारी दिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा शनिबार साँझसम्ममा पाँच हजार १९८ जना कोरोना संक्रमित निको भएका छन्।प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा ६ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

">