विश्वमा एकैदिन २ लाख ६६ हजार संक्रमित निको भए, कोरोनामुक्त हुनेको संख्या १ करोड ९१ लाख
काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ६६ हजार ४०३ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ९१ लाख ४६ हजार ४०१ पुगेको छ।

निको हुनेको संख्या कूल संक्रमितको ७०.७९ प्रतिशत हो। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १३ हजार ७९२ रहेको छ।

नेपालमा शुक्रबार थप एक हजार ५६६ सहित कूल २७ हजार १२७ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १७ हजार ८७० रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३७ लाख ६ हजार १८७ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३२ लाख ९६ हजार ७०२ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या सात लाख ९५ रहेको तथ्यांक छ।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये तेस्रो स्थानमा रहेको भारतमा आजसम्म ३१ लाख ७७ हजार ६७३ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल आठ लाख ६२ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ३८ हजार १२६, पेरूमा चार लाख ९८ हजार ५२३, कोलम्बियामा पाँच लाख सात हजार ७७०, दक्षिण अफ्रिकामा पाँच लाख ६१ हजार २०४ तथा मेक्सिकोमा चार लाख ३४ हजार ६६७ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्