यी हुन् सक्रिय संक्रमित नभएका ६ जिल्ला
काठमाडौं। कोरोना भाइरसबाट नेपालमै ४५ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये २८० जनाको कोरोना कै कारण मृत्यु भएको छ भने २७ हजारभन्दा बढी निको पनि भएका छन्।

हाल नेपालका ११ जिल्लामा ५०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन् भने ६ वटा जिल्लामा सक्रिय संक्रमित नै छैनन्।

यसरी हाल सक्रिय संक्रमित संख्या शून्य हुने जिल्लाहरूमा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला छन्।

ताप्लेजुङमा यसअघि १५ जना पुरुष र ३ महिलामा संक्रमण देखिएको थियो भने सोलुखुम्बुमा नौ जना पुरुष र दुई जना महिला गरी ११ जना संक्रमित भेटिएका थिए।

त्यस्तै, मुस्ताङमा एक पुरुष, मुगुमा १२ पुरुष र एक महिला गरी १३ जना, डोल्पामा ६ पुरुष तथा हुम्लामा चार पुरुष र एक महिलामा संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्