यी ११ जिल्लामा छन् ५०० भन्दा धेरै कोरोना संक्रमित
काठमाडौं। विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ६८ लाख २३ हजार ८४ जना मानिस संक्रमित भइसकेका छन्। तीमध्ये ८ लाख ७९ हजार ४६२ जनाको मृत्यु भइसक्यो।

त्यस्तै १ करोड ८९ लाख, २८ हजार ४९ जना संक्रमण मुक्त भएका छन् भने ७० लाख १५ हजार १२८ जना उपचाररत छन्।

नेपालमा २०२० जनवरी २३ मा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए। र, त्यसको नौ महिना बितिसक्दा हालसम्म ४५ हजार २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

अहिले नेपालका ११ जिल्लामा ५०० भन्दा धेरै बढी संक्रमित छन्। जसमध्ये प्रदेश उकमा मोरङ, सुनसरी तथा प्रदेश–२ मा धनुषा, पर्सा, बारा, रौतहट र सर्लाहीमा ५०० भन्दा धेरै सक्रिय संक्रमित छन्।

त्यस्तै वाग्मति प्रदेशमा काठमाडौं, ललितपुर र चितवन तथा प्रदेश–५ को रूपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्