४५ हजार २७७ संक्रमितमध्ये २७ हजारभन्दा धेरै संक्रमण मुक्त <p>काठमाडौं। नेपालमा हालसम्म ४५ हजार २ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म कोरोना कै कारण २८० जनाको मृत्यु पनि भइसकेको छ। त्यस्तै दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमित थपिँदै आएका छन्।</p> <p>तर, पछिल्लो समय कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किनेको संख्या पनि एक हजारभन्दा माथि पुग्न थालेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्रै एक हजार ५६६ जना कोरोना मुक्त भएर घर फर्किए।</p> <p>र, योसँगै हालसम्म देशभर देखिएका ४५ हजार २७७ संक्रमितमध्ये २७ हजार १२७ जना पूर्ण रूपमा निको भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्