१ हजार ४१ कोरोना संक्रमित थपिए
काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा गरिएको १२ हजार ४७३ पीसीआर परीक्षणमध्ये ३४९ जना महिला र ६९२ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै हालसम्म संक्रमित हुनेको संख्या ४५ हजार २७७ पुगको छ।

गत २४ घण्टामा १ हजार ५६६ जना निको भएर घर फर्किएसँगै कूल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

अहिले देशभर १७ हजार ८७० सक्रिय संक्रमित छन्। जसमध्ये ९ हजार ८६६ जना संस्थागत आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस्