चीन भन्छ: ब्रिक्स मिलौं र कोरोनाविरुद्ध लडौं
काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ब्रिक्स मुलुकहरु मिलेर कोभिड-१९ विरुद्ध लड्नुपर्ने बताएका छन्।

भिडियो कन्फरेन्सका माध्यमबाट उनले ब्रिक्सका विदेशमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्। बैठकको अध्यक्षता रुसका विदेशमन्त्री सेर्गेई लाभारोभले गरेका थिए।

बैठकमा भारतका विदेशमन्त्री एस जयशंकर, दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय मामिला एवम् सहयोग मन्त्री नलेडी पन्डोर तथा ब्राजिलका विदेशमन्त्री अर्नेस्टो अराउजो सहभागी थिए।

वाङले भने, ‘‘ब्रिक्स मुलुकहरु एकसाथ भएर कोरोना महामारीबाट उत्पन्न चुनौतीको सामना गर्नुपर्छ र संयुक्त रुपमा वैश्विक अर्थव्यवस्थालाई उकास्न प्रयास गर्नुपर्छ।’’

ब्रिक्स मुलुकहरुमा चीनलगायत भारत, रुस, दक्षिण अफ्रिका, ब्राजिल रहेका छन्। उदाउँदा अर्थतन्त्र भएका मुलुक मिलेर २००९ मा गठन गरेको ब्रिक्सले आपसी सहयोगका लागि मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्