ब्राजिलमा कोरोना सङ्क्रमित करिब ४१ लाख
एजेन्सी। ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेको छ। शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन्।

गएको २४ घन्टाभित्र शुक्रबार ब्राजिलमा ५० हजार १६३ जना सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

उक्त मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमणबाट ब्राजिलमा १ लाख २५ हजारभन्दा बढीको ज्यान गएको छ। शुक्रबार मात्र ८८८ जनाको ज्यान गएको थियो।

कोरोना भााइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो देश हो। अमेरिकामा ६३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।

अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ६७ लाख मानिस संक्रमित भएका छन् भने ८ लाख ७९ हजारभन्दा बढीको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्